बेल्जियमकी बडामहारानी पाउलालाई हृदयघात

108
Shares

ब्रसेल्स, १० असोज । बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् ।

गम्भीर विरामी ८१ वर्षीया पाउलालाई बुधबार नै हवाइजहाजबाट बेल्जियम लगिएको छ । ब्रसेल्सस्थित राजप्रासाद कार्यालयले पाउलाको स्वास्थ्यस्थिति बारे जानकारी दिने तयारी गरेको बताइएको छ ।

बडामहारानी पाउलालाई यसअघि पनि विभिन्न स्वास्थ्य समस्या देखिएका थिए । सेप्टेम्बर २०१५ मा पनि उहाँलाई मुटुमा समस्या देखिएपछि पूर्ण विश्राममा राखिएको थियो ।

इटाली मूलकी पाउला राजा अल्बर्ट द्वितीयको २० वर्षे शासनकालमा बेल्जियमकी महारानी थिइन् । राजा अल्बर्ट सन् १९९३ देखि २०१३ सम्म बेल्जियमका राजा थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *