संसदको शिक्षा तथा स्वास्थ्य समितिले गर्‍यो माथेमा कार्यदलका पदाधिकारीसंग छलफल

72
Shares

काठमाडौँ, १२ भदौ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्वन्धमा माथेमा कार्यदलका सदस्यहरुसँग छलफल गरेको छ ।

समितिको कार्यालय सिंहदरबारमा आज साढे ११ बजे देखि शुरु भएको बैठकमा कार्यदलका संयोजक तथा सदस्यहरुसंग छलफल गरेको हो ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव सहित समितिका सदस्यहरु थिए । कार्यदलका तर्फबाट संयोजक प्राध्यापक केदारभक्त माथेमा, प्राडा सुरेशराज शर्मा, प्राडा रमेशकान्त अधिकारी, प्राडा अर्जुन कार्की, प्राडा भगवान कोइराला, डा हरि लम्साल, डा गुणराज लोहनी लगायतका व्यक्तिहरु सहभागी थिए ।

बैठकमा चिकित्सा शिक्षा विधेयकका बारेमा कार्यदलका सदस्यहरुले पालै पालो आआफेना धारणा तथा सुझाव दिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *