नन् गभर्नमेन्ट डक्टर्स एसोसिएसन गठन, नौ सदस्यीय समितिको अध्यक्षमा दुवा महासचिवमा थापा

काठमाडौँ, ३१ साउन । सरकारी सेवा बाहिर रही काम गरिरहेका चिकित्सकहरु संगठित भएका छन् । उनीहरुले ‘नन् गभर्नमेन्ट डक्टर्स एसोसिएसन’ संस्था गठन गरेका छन् ।
नवगठित संस्थाको अध्यक्षमा डा. यमप्रसाद दुवा चयन भएका छन् । यस्तै महासचिवमा डा. रितेश थापा र कोषाध्यक्षमा डा. खिलाशा पोखरेल चयन भएका छन् ।
नौ सदस्यीय कार्यसमिति सदस्यहरुमा डा. हुलासचन्द्र अग्रवाल, डा. उत्सव तिमिल्सिना, डा. योभिन यादव, डा. बसन्त शर्मा, डा. रविन बस्नेत र डा. सुमन न्यौपाने चयन भएका छन् ।
एसोसिएसनका नवनियुक्त महासचिव डा. थापाले सरकारी सेवा भन्दा बाहिर रहेका डाक्टरहरुका पेशागत हकहित, सुरक्षा तथा क्षमता अभिवृद्धिका कार्यमा जोड दिने बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



