नेपाल र भारतमा एकै समयमा अध्ययन गरेको भेटिएपछि नरदेवीको प्रमुख विवादमा तानिए

काठमाडौँ, १५ साउन । दुई प्राविधिक विषयको अध्ययन एकै समयमा नेपाल र भारतका भिन्ना भिन्नै कलेजमा गरी उत्तीर्ण भएको प्रमाणपत्र भेटिएपछि नरदेवी आयुर्वेद अस्पतालका निर्देशक डा. श्यामबाबु यादव विवादमा तानिएका छन् ।

उनका सहकर्मीहरुले एकै समयमा स्वदेश र विदेशबाट उत्तीर्ण गरेका शैक्षिक प्रमाणपत्र छानवीन गरिपाउँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् ।

नेपाली हेल्थलाई प्राप्त विवरण अनुसार डा. यादवले विसं २०४६ सालमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले सञ्चालन गरेको सहायक आयुर्वेद कार्यकर्ता कोष अध्ययन गरी २०४७ सालको फागुनमा परीक्षामा सम्मिलित भएको देखिन्छ । अर्को प्रमाणपत्रले  त्यति नै बेला उनले भारतको विहारमा पर्ने सितामणीस्थित राम औतार राज किशोर माधुरी यादव कलेजमा आइएस्सी अध्ययन गरिरहेको देखाएको छ ।

सो कलेजले उपलव्ध गराएको कलेज लिभिङ सर्टिफिकेटमा उनी १९९० देखि १९९२ सम्म यादवले सितामणीमै रहि अध्ययन गरेको उल्लेख छ ।

दुईवटा प्राविधिक विषय र दुबै विषयको कक्षा नियमित हुनुपर्ने प्रावधान रहेका बेला उनी एकैपटक दुईठाँउमा कसरी अध्ययन गरे र कसरी एकैपटक परीक्षा दिएर पास समेत भए भन्ने प्रश्न उठेको हो ।

कर्मचारीहरुले डा यादवको दुई मध्ये एक सर्टिफिकेट नक्कली भएको समेत आरोप लगाएका छन् । तर आरोपित यादवले भने यस विषयमा कुरा गर्नै चाहेनन् ।

गत बैशाखमा नरदेवी अस्पतालका निर्देशक डा रामदेव यादव ३७ हजार घुस सहित पक्राउ सो अस्पतालमा नेतृत्व गर्न डा सबरी साह पुगेका थिए । तर पछिल्लो पटक फेरिएको सत्ताको हिस्सेदारीले डा श्यामबाबु यादवलाई नेतृत्व गर्ने जिम्मा दिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *