नवलपुरको अरुणखोलामा नि:शुल्क स्वास्थ्य शिविर, ४०० बढी लाभान्वित
चितवन, १३ असार। जनजागरण सामुदायिक वन उपभोक्ता समूह मध्य नेपाल सामाजिक विकास मञ्चको आयोजना तथा पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा मध्यविन्दु नगरपालिका वडा नं ११ अरुणखोलामा एक दिन नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । उक्त शिविरमा ४०० बढी स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए ।
त्यसअघि प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठ र मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाको स्वास्थ्य परीक्षण गरेर शिविरको उदघाटन गरिएको थियो ।
शिविरका लागि पुरानो मेडिकल कलेजबाट प्रसूति तथा स्त्रीरोग विभागका डा सर्जु दाहाल, डा सदिना देवकोटा, छाला यौन तथा कुष्ठरोग विभागका डा शशि टन्डन, डा वीरेन्द्रबहादुर स्यान्तङ, वालरोग विभागका डा निशा केसी, डा सरोज आचार्य सहभागी थिए ।
यस्तै गरी हाडजोर्नी विभागका डा हरिकान्त यादव, डा अशोक थापा, डा साकार गुरुङ, डा सजनी सापकोटा, डा विनिता कार्की , डेन्टल विभागका डा प्रतिक सापकोटा, डा रसना श्रेष्ठ, जनरल मेडिसिन विभागका डा अमोग दवाडी, डा रन्जन पोख्रेल , डा अशोक शाह तथा नर्सिङ विशेषज्ञ तथा अमेरिकी नागरिक भ्यालिरे एक्म्यान सहभागी थिए ।
शिविर बस्नु अघि आयोजित उद्घाटन समारोहको अध्यक्षता वन समितिका अध्यक्ष विमला सापकोटाले गरेकी थिइन । कार्यक्रममा आयोजकका तर्फबाट कुस्माकर काफ्ले, जिल्ला वन अधिकृत विजय सुवेदी तथा पुरानो मेडिकल कलेजका बजार तथा जनसम्पर्क विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले मन्तव्य राखेका थिए ।