थाइल्याण्डमा डेंगुबाट २१ जनाको मृत्यु

40
Shares


बैंकक, ७ असार । थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

यस वर्षको शुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा २१ जनाको मृत्यु भएको हो ।

वर्षात्को समयमा औसतमा दश हजार जना यसबाट प्रभावित हुने गरेको रोग नियन्त्रण विभागका महानिर्देशकले जानकारी दिए ।

प्रभावितमध्ये अधिकांश १० देखि १४ वर्ष उमेर समूहका रहेका पाइएको पनि उनले बताए ।

यसलाई नियन्त्रण गर्नका लागि विभागले देशव्यापी अभियान पनि चलाएको छ । अभियानअन्तर्गत घर, विद्यालय, अस्पताल, होटल, कारखाना, कार्यालय, मन्दिरलगायतका सार्वजनिक स्थल तथा मानिस धेरै बस्ने ठाँउमा लार्भा नष्ट गर्ने गरिएको उनको भनाई छ । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *