साढे ७ सयको परीक्षण गर्दा १६ जना देखियो कुष्टरोग, पाँच जना एकै घरका

बारा, ६ जेठ । जिल्लामा राखिएको छाला तथा चर्मरोग शिविरमा परीक्षण गर्न आएका ७४१ जना मध्ये १६ जनामा कुष्टरोग भेटिएको छ । ती मध्ये ५ जना एउटै परिवारका सदस्य छन् ।

कुष्टरोग नियन्त्रण कार्यक्रम अन्तरगर्त मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले गत ३ र ४ गते बाराको बेनौली र कुडुवामा चर्म रोग तथा अपाङता शिविर आयोजना गरेको थियो । उक्त शिविरमा नयाँ कुष्टप्रभावि भेटिएको हो ।

शिविरको नेतृत्व गर्दै गएका चर्म तथा कुष्टरोग विशेषज्ञ डा. रविन्द्र बास्कोटाले ३ जना बच्चा सहित १६ जनामा कुष्टरोग भेटिएको बताए ।

उनले एकै परिवारका श्रीमान् श्रीमती सहित १२ र १३ बर्षका दुई छोरी र ४ बर्षको एक जना छोरा गरी पाँच जनामा कुष्टरोग भेटिएको जानकारी दिए । डा बास्कोटाले कुष्टरोगको केस भनेर पहिलो पटक थाह पाएका १६ मध्ये ६ जनाको अंगभंगनै शुरु भएको बताए ।

उनले कुष्टरोगको समस्या तराईका दलित समुदायहरुमा बढी देखा परेको बताए । यस्तै धेरैलाई फंगल इन्फेक्सन र लुतो भएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *