फेनकनको पहिलो राष्ट्रिय अधिवेशन सम्पन्न, सुरेन्द्रको अध्यक्षतामा नयाँ कार्य समिति

काठमाडौँ, १८ बैशाख । एघार सदस्यीय नयाँ कार्यसमिति गठन गर्दै नेपाल खाद्य आयुर्वेदिक न्युट्रास्युटिकल्स तथा कस्मास्युटिकल्स समाज (फेनकन)को पहिलो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न अधिवेशनले सुरेन्द्र मानन्धनको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा मुकुन्दराज भण्डारी, महासचिवमा शम्भुप्रसाद यादव, उप महासचिवमा लक्ष्मीकान्त पाण्डे, कोषाध्यक्षमा प्रदीप महतो र सह कोषाध्यक्षमा आनन्दकुमार श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै कार्यसमितिको सदस्यहरुमा विजय उपाध्याय, सूर्य बुढाथोकी, रामदीन तेली, रविन्द्र श्रेष्ठ र प्रतिमा श्रेष्ठ रहेका छन् ।

यसैबीच नव निर्वाचित अध्यक्ष मानन्धरले न्युट्रासिटिकल्स प्रडक्टमा राज्यलेले विभेदकारी नीति अख्तियार गर्न लागेको भन्दै नयाँ कार्य समिति सो वस्तुमा लगाइएको विभेद हटाउन क्रियाशिल हुने बताए । उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गर्नुपर्नेमा औषधि व्यवस्था विभाग आएर दुख दिने गरेको बताए ।

अधिवेशनमा शुभकामना मन्तव्य दिन पुगेका नेपाल औषधि आयातकर्ता संघ (मियान)का महासचिव पवन आचार्यले गुणस्तरीय औषधि तथा खाद्यबस्तु सर्वसुलभ रुपमा उपलव्ध गराउन आफूहरु लागि परेपनि त्यसमा सरकार बाधक रहेको बताए ।

राष्ट्रियताका नाममा औषधि व्यवस्था विभाग औषधिकै नाममा सिन्डिकेट थोपर्न खोजेको भन्दै उनले त्यसलाई खारेज गर्न सबै सरोकारवाला एक जुट हुनुपर्ने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण केन्द्रका अनुसन्धान अधिकृत विमल दाहालले न्युट्रासिटिक्लस प्रडक्ट औषधि व्यवस्था विभागले नभई खाद्य विभागले गर्ने भन्दै सरकारी निकायहरु एक अर्काको क्षेत्रमा हस्तक्षेप गर्न नहुने बताए ।

कार्यक्रममा नेपाल औषधि व्यावसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ, फेनकनका सल्लाहकार अन्जन पुडासैनी, थोक औषधि व्यवसायीका शिवराज बास्कोटा, पीनका अध्यक्ष सुरजीत दत्त लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *