बेवारिसे मानसिक बिरामीको उपचार र पुर्नस्थापनाको जिम्मा सरकारले लिने

काठमाडौँ, १७ बैशाख । अब देखि मानसिक विरामी भई सडकमा बेवारिसे अबस्थामा पुगेका व्यक्तिहरुको उपचार तथा व्यवस्थापन सरकारले गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको आर्थिक बर्ष २०७५ ७६ को नीति तथा कार्यक्रमको मस्यौदामा मानसिक विरामी भई सडकमा वेवारिसे बनेका जो सुकै व्यक्तिलाई सरकारले उपचार गरि पुनस्थापित गर्ने र एक बर्ष भित्र नै बेवारिसे अवस्थामा पुग्ने अवस्थाको अन्त्य हुने बताइएको छ ।

नीति तथा कार्यक्रममा मानसिक विरामी जस्तै कतिपय अशक्त तथा असाहाय व्यक्तिहरु पनि सडकमा वेवारिसे हुने गरेको भन्दै उनीहरुको पनि उपचार र पुनस्थापना गर्ने जिम्मा सरकारले लिने उल्लेख छ ।

हिजो आज कडा मानिसक रोग लागि चेतनास्तर नै गुमाएका व्यक्तिहरु सडकमा वेवारिसे अवस्थामा भेटिने गरेको छ । यस्तै कतिपय अशक्त र असाहायक व्यक्तिहरु पनि सड्क पाटी पौवामा दुख पाइरहेको अवस्थामा देखिने गरेको छ ।

जनताको आधारभुत स्वास्थ्य पाउने मौलिक आधिकारलाई प्रत्याभुत गर्न यस्ता नागरिकहरुको स्वास्थ्य उपचार र पुर्नस्थापित गर्ने जिम्मा राज्यले लिन लागेको प्रस्तावित कार्यक्रममा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *