सेनिहाङको उपचारार्थ च्यारिटी शो

मोरङ, ५ वैशाख । आर्थिक अवस्थाबाट कमजोर भएका मिक्लाजुङ–२ बस्ने सेनिहाङ लिम्बूको दुवै मिर्गौला खराब भएपछि उनको उपचारार्थ खर्च जुटाउनका लागि विराटनगरमा च्यारिटी शो गरिने भएको छ ।

चलचित्र ‘यो साइनो मायाको’ को विशेष च्यारिटी शो (प्रदर्शन) आज हिमालय टाकिजमा गरिने भएको छ । च्यारिटी शोबाट उठेको रकमबाट सेनिहाङ लिम्बूको उपचारमा खर्च गरिने जनाइएको छ

। प्रेम कथामा बनेको यो चलचित्रमा प्रेम, बिछोड र त्यागको कथा उल्लेख गरिएको छ । चलचित्रमा जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडीलगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रका निर्माता रामकुमार श्रेष्ठ हुन् । चलचित्रमा कुन्दन थापा र विकेश के शंकरको संगीत, बाबुराम नेपालीको छायांकन छ । चलचित्रको निर्देशन अरुणकुमार प्रधानले गरेका हुन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *