जनस्वास्थ्य युवा समाज नेपालको उपत्यका भेला सम्पन्न

676
Shares

काठमाडौँ, १७ चैत ।  जनस्वास्थ्य युवा समाज नेपालको उपत्यका भेला सम्पन्न भएको छ । शुक्रबार काठमाडौँमा आयोजित भेलाले ज्ञानेन्द्र चन्दको संयोजकत्वमा एघार सदस्यीय उपत्यका समन्वय समिति समेत गठन गरेको छ ।

सो समितिको उपाध्यक्षमा मुकुन्द सञ्जेल, सचिवमा निर्प राज डगौरा, सह सचिवमा करुणा भट्टराई र कोषाध्यक्षमा प्रतिभा न्यौपाने रहेका छन् । सदस्यहरुमा कर्णध्वज चन्द, सविता ढकाल, अनिसा चालिसे, अमित विक, ऋचा कोइराला र बाँकी एक जना समितिले मनोनयन गर्ने छ ।
भेलामा विभिन्न संघ सस्थामा आवद्ध जन स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो ।

भेलालाई सम्वोधन गर्दै जनस्वास्थ्य युवा समाजका कार्यवाहक अध्यक्ष शंकरसिह धामीले युवा जन स्वास्थ्यकर्मीहरुको पेशागत तथा बृत्ति विकास गर्ने मुख्य उद्धेश्यले आफूहरु संगठित भएको बताए ।उनले संगठनको सञ्जाल देशभर विस्तार हुने जानकारी दिए । 

भेलाका अन्य बक्तहरुले युवा जन स्वास्थ्यकर्मीहरुले आफ्नो पेशागत विकासका लागि निजी स्वार्थ भन्दा माथी उठेर अगाडी बढ्नु पर्ने बताए । उनीहरुले हरेक प्रदेशमा युवा जन स्वास्थ्य कर्मीहरुले संगठित हुँदै आफ्नो ज्ञान, सिप उपयोग गरेर स्वास्थ्य क्षेत्रको विकासका लागि निरन्तर लाग्नुपर्नेमा जोड दिए ।

भेलामा अनिल केसी, गोविन्द गिरी,विनोद जोशी , वसन्त देवकोटाले आफ्नो धारणा राखेका थिए । पोखराका युवा जनस्वास्थ्य कर्मीहरुले पहलमा जनस्वास्थ्य युवा समाज नेपालको शुभारम्भ भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *