स्वास्थ्य मन्त्रालयले गर्यो ९८ जना मेडिकल अधिकृतको पदस्थापन, को-कहाँ ?

काठमाडौँ, ३० फागुन । स्वास्थ्य मन्त्रालयले लोक सेवा पास गरी आएका ९८ जना मेडिकल अधिकृत (आठौँ तह)हरुलाई पदस्थापन गरेको छ । एक महिने सेवा कालिन तालिम सम्पन्न गरेका उनीहरुलाई मन्त्रालयले रिक्त ठाँउमा रोजाएर पदस्थापन गरेको हो ।

स्वास्थ्य सचिव डा पुष्पा चौधरीले चिकित्सक नपुगेका ठाँउमा पुरयाउने योजना अनुरुप यसपटक सरकारी सेवामा नव प्रवेशी चिकित्सकलाई रिक्तस्थान रोजाएर पठाइएको बताइन ।

मन्त्रालयका उपसचिव बाबुराम खनालले रिक्त स्थानमध्ये पहिलो नम्बर नाम निकाल्नेलाई पहिलो रोजाई हुने गरी मेरिट बेसमा स्थान रोजाई पठाएको बताए । उनले यसअघिका व्यवस्थापनमा माथिको सोर्स लगाई दवाव दिने गरेको भन्दै यसपटक भने एक जनाले पनि त्यस्तो गर्न नपाएको बताए । ‘हामीले यसपटक सिस्टम डेभलप गरिदियौँ, यसमा कसैको भनसुनले काम गरेन । र उनीहरु पनि सिस्टमले पठाएको ठाँउमा जान बाध्य भए ।’

लोक सेवा आयोगले १०२ जनाको नाम निकाले पनि सेवा कालिन तालिममा ९८ जना मात्रै सहभागी थिए । उनीहरुलाई मात्रै अहिले पठाइएको हो । नव प्रवेशी मेडिकल अधिकृतहरु अधिकांशको पहिलो रोजाई अति दुर्गम स्थान रहने गरेको छ ।

सबैभन्दा जान नचाहने क्षेत्र २ नम्बर प्रदेश रहेको पनि मन्त्रालयका अधिकृतहरुले बताए । तर यसपटक ती क्षेत्रमा पनि डाक्टरहरु जान बाध्य भएको उनीहरुको दावी थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *