होली खेलेको पैसाबाट बिरामीलाई फलफूल

40
Shares

दार्चुला, २० फागुन । दुहु गाउँपालिकाका युवाले होली खेलेको पैसाबाट जिल्ला अस्पताल दार्चुलामा बिरामी भई भर्ना भएका केही बिरामीलाई फलफूल वितरण गरेका छन् ।

होली खेलेर उठेको पैसाले भोजभतेर नगरी सामाजिक कार्यमा लगाउनुपर्छ भन्ने सोच आएपछि उनीहरुलाई फलफूल वितरण गरिएको होली कमिटीका अध्यक्ष विक्रम बडालले जानकारी दिए ।

दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले युवामा पलाएको नयाँ सोचले अन्य युवालाई समेत प्रेरणा मिल्ने बताए । होली खेलेर रु ४५ हजार जम्मा गरेको दुहु गाउँपालिका होली कमिटीले सामाजिक कार्यका लागि चाहिने भाँडाकुँडा खरिद गर्नाका साथै बचेको रकमबाट बिरामीलाई फलफूल वितरण गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष हरकसिंह विष्टले आगामी दिनमा पनि यस किसिमका सामाजिक कार्य गर्न सुझाव दिए ।   रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *