नेता भेटवालको स्वास्थ्य अवस्थाबारे प्रम ओलीबाट जानकारी

44
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत नेकपा (एमाले) का नेता जागृतप्रसाद भेटवालको स्वास्थ्य स्थितिका बारेमा आज जानकारी लिएका छन् ।

केही दिनदेखि भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएका भेटवाललाई आज अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

रगतमा हुने ‘प्लेटिलेट्स’को संख्या अत्यन्तै कम रहेकाले नेता भेटवाल अस्पताल भर्ना भएका हुन् । उपचारमा संलग्न चिकित्सकले भेटवालको अवस्थामा क्रमशः सुधार आइरहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले उनको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *