जानी राखौँ : अत्यधिक मदिरापान कलेजोको शत्रु

  • शरीरका आन्तरिक अंगमध्ये सबैभन्दा ठूलो कलेजो हो । आठ मिटर लामो आन्द्रामा पुगेको खानालाई पचाउन व्यवस्थापन कलेजोले नै गर्छ । यस्तो महत्वपूर्ण कलेजो बिग्रिने प्रमुख करण मदिरापान हो ।
  • मदिराको सट्टा दूध, दहीतिर जोड गर्नुहोला । दूध, दही सेवनले कलेजो जोगिनुका साथै पाचन प्रणाली राम्रो हुन्छ ।
  • मदिरापान गर्ने ९० प्रतिशतमा फ्याटी लिभरको समस्या हुन्छ । यो अवस्थामै मदिरापान छाडेर उपचार गरे कलेजो बचाउन सकिन्छ ।
  • हेपाटाइटिस बी र सी लागेकामध्ये ९० प्रतिशत व्यक्ति लागुपदार्थ इन्जेक्सनबाट संक्रमण भएका युवा छन् ।
  • कलेजोको समस्या लिएर अस्पताल आउनेमध्ये ८० प्रतिशतमा पानीबाट हुने संक्रमणको असर देखिएको छ । पानी उमालेर पिउँदा कलेजो जोगाउन सकिन्छ ।

प्रा.डा. अनिल मिश्र
कलेजो रोग विशेषज्ञ

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *