पाठेघर खस्ने समस्याका लागि स्वास्थ्य शिविर

60
Shares

रोल्पा, २० माघ । रोल्पामा पाठेघर खस्ने बिरामीको संख्या अत्यधिक रहेको भन्दै गाउँपालिकाले समेत चासो दिन थालेको छ । यसै क्रममा जिल्लाको माडी गाउँपालिकाले आफ्नै लगानीमा पाठेघर खस्ने तथा तल्लो पेटको समस्या भएका महिलाका लागि शिविर सञ्चालन गरेको छ ।

शिविरमा २७९ जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षण गराएकामध्ये १२ जनामा पाठेघर सम्बन्धी समस्या देखिएकाले थप उपचारका लागि जिल्ला बाहिर पठाउन सल्लाह दिएको गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए ।
स्वास्थ्य परीक्षण, औषधि तथा ल्याब सेवा समेत निःशुल्क प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

महिला रोग विशेषज्ञ डा अनुका शर्माद्वारा परीक्षण गरिएको सो शिविरमा माडी गाउँपालिकाका अतिरिक्त छिमेकी गाउँपालिका तथा सल्यान जिल्लाका बिरामीले समेत सेवा लिएका थिए ।

गाउँपालिकाभित्र पाठेघर तथा तल्लो पेटको समस्या भएका महिलाको संख्या अत्यधिक रहे पनि उनीहरुले रोग लुकाएर बसिरहेको भन्ने जानकारी पाउना साथ गाउँपालिकाले सो शिविर सञ्चालन गरेको थियो । शिविरमा गाउँपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको बताइएको छ ।

कम उमेरमा विवाह गर्नु, गर्भवती भएको बेला भारी बोक्नु, सुत्केरी स्याहार नपाउनु जस्ता कारणले जिल्लामा पाठेघर तथा तल्लो पेट सम्बन्धी समस्या भएका महिला अत्यधिक रहेका छन् ।

हरेक स्थानीय सरकारले यस्ता शिविर सञ्चालन गरी नागरिकलाई स्वास्थ्य सेवामा पहँुच पु¥याउन जरुरी रहेको स्थानीयबासिन्दाको धारणा रहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *