एक हजार बिरामीको स्वास्थ्य परीक्षण
विराटनगर, ४ माघ । नेपाल होमियोपैथिक चिकित्सक संघले सुनसरीको बर्जु गाउँपालिकाको अमडुवामा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
डा. टिएन रायको ४१ औँ पुन्यतिथिको उपलक्ष्यमा बुधबार सम्पन्न स्वास्थ्य शिविरमा संघले निःशुल्क मोतियाबिन्दु, कान, दातलगायतका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।
होमियोपैथिक चिकित्सा पद्धतिबाट आँखा, कान, दातलगायतका एक हजार बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएकोे संघका अध्यक्ष डा रवीन्द्रकुमार रायले जानकारी दिए । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




