जोशीलाई ‘क्षयरोग नियन्त्रण अभियान‘ पुरस्कार

भक्तपुर, २९ पुस । नेपाल क्षयरोग निवारण संस्था, जिल्ला शाखा भक्तपुरले यस वर्षको ‘क्षयरोग नियन्त्रण अभियान पुरस्कार–२०७४’ वासुदेव प्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मण जोशीलाई प्रदान गरेको छ ।

संस्थाले आज आयोजना गरेको कार्यक्रममा नेपालका विभिन्न जिल्लामा गएर क्षयरोग पत्ता लगाउने कार्यमा योगदान पु¥याएबापत प्रतिनिधिसभामा भक्तपुर क्षेत्र नं २ का सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले जोशीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरे ।

संस्थाका सभापति राम सिख्वःको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयमा भक्तपुर प्रदेश नं २ ‘ख’ का सदस्य राजेन्द्रमान श्रेष्ठ, जिल्ला समन्वय समिति, भक्तपुरका प्रमुख नवराज गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, सिद्धिस्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेल, सशस्त्र प्रहरी बल दुवाकोटका नायब प्रहरी उपरीक्षक वसन्तकुमार बोगटी, नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय उपाध्यक्ष वेदप्रसाद कोजु, संस्थाका निवर्तमान सभापति बाबुकाजी श्रेष्ठलगायत वक्ताले भक्तपुरलाई क्षयरोग मुक्त जिल्ला बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संस्थाका सचिवद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन आगामी कार्यक्रम र कोषाध्यक्ष गायत्री श्रेष्ठले प्रस्तुत गरेको आयव्यय विवरण, लेखापरीक्षकको प्रतिवेदन तथा आगामी कार्यक्रमको अनुमानित बजेट सर्वसम्मत पारित गरिएको थियो । संस्थाले एक वर्षमा ६२ कार्यक्रम गर्ने संस्थाका उपसभापति विष्णुप्रसाद न्हिसुतुले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *