चीनमा सङ्क्रामक रोगका कारण नोभेम्बरमा मात्रै दुई हजार व्यक्तिको मृत्यु

36
Shares

बेइजिङ, चीन, ४ पुुुस । चीनमा सङ्क्रामक रोगका कारण करिब दुई हजार जनाको मृत्यु भएको यहाँको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले सोमबार जनाएको छ ।

नोभेम्बरमा पाँच लाख ७७ हजार २४७ जना सङ्क्रामक रोगका कारण विरामी भई उपचारका लागि अस्पतालमा पुगेकोमा एक हजार ९५८ जनाको मृत्यु भएको आयोगले जनाएको छ ।

मृतकमा प्राय यौनजन्य रोगको सङ्क्रमण र क्षयरोग तथा भाइरल ज्वरोको समस्या भेटिएको बताइए पनि हैजा तथा महामारीका समस्याका कारण भने कसैको मृत्यु नभएको आयोगले जनाएको छ ।

मृतक बिरामीहरूमा जटिल श्वासप्रश्वास, भ्यागुते रोग, तथा बर्ड फ्लुका जिवाणु पनि नभेटिएको चिनियाँ अधिकारीले जनाएका छन् । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *