मस्तिष्काघात पीडितलाई जापानबाट सहयोग
जापान, १४ मंसिर । आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या झेल्दै आएका मस्तिष्काघात पीडित पोखराका एक युवकलाई जापानबाट करिब रु दुई लाख सहयोग गरिएको छ ।
काठमाडौँको न्यूरो अस्पतालमा उपचाररत कास्की भरतपोखरी– ८ का सरोज आचार्यलाई जापानवासी नेपालीले रकम सहयोग गरेका हुन् । आचार्यका नाममा जापानमा संकलित रु दुई लाख ११ हजार ३९० जापानी यान नेपाल पठाइएको हो ।
करिब दुई साता चलेको संकलन अभियानमा ३२ जनाले रकम सहयोग गरेका थिए । आचार्य रोजगारीका लागि दक्षिण कोरियाबाट काम गर्न नसक्ने भएर फर्किएयता न्यूरो अस्पतालमा निरन्तर रुपमा उपचाररत रहेको उनकी श्रीमती सन्तोषी पौडेलले जानकारी दिइन्। रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



