नयाँ संरचनामा समेत नर्सिङ महाशाखा नराखिएको भन्दै नर्सहरुद्धारा प्रदर्शन

काठमाडौँ, ११ मंसिर । स्वास्थ्य मन्त्रालयद्धारा गठित उच्चस्तरीय संघीयता कार्यान्वयन तथा स्वास्थ्य नीति तर्जुमा समितिले प्रस्ताव गरेको स्वास्थ्यको संघीय संरचनामा नर्सिङ तथा मिडवाइफ्रि विषयलाई ओझेलमा पारेको भन्दै नर्सहरु आन्दोलित भएका छन् ।

उनीहरुले नयाँ संरचनामा स्वास्थ्य मन्त्रालयमा नर्सिङ तथा मिडवाइफ्रि सेवा व्यवस्थापन महाशाखा हुनुपर्ने, प्रदेश तथा स्थानीय तहमा समेत विभाग तथा इकाई हुनुपर्ने माग गरेका छन् ।

समितिले आइतबार अन्तिम रुप दिइएको भनिएको प्रस्तावमा नर्सहरुले लामो समय देखि उठाउँदै आएको नर्सिङ महाशाखाको विषय उल्लेख छैन । यो महाशाखा नहुनु विरामीको सेवामा रातदिन खटिने ७४ हजार बढी नर्सको अपमान हो भन्दै नर्सहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल नर्सिङ एसोसिएशनको अगुवाईमा विहान ११ बजे पुगेको नर्सहरुको समूहले स्वासथ्य सचिव डा.  किरण रेग्मीलाई ज्ञापन पत्र बुझाउने बताएको थियो । यद्धपी सचिव नभेटेपछि सो समूहले मन्त्रालयमै कोण सभा गरी फर्केको थियो ।

एसोसिएशनका अध्यक्ष प्राध्यापक तारा पोखरेलले लामो समय देखिको आफूहरुको मागलाई यसरी पुर्न संरचना हुँदै गर्दा समेत नपारेपछि बाध्यभएर आन्दोलन गर्नु परेको बताइन ।उनले मन्त्रालयमा नर्सहरुको गुनासो र समस्या सुन्ने पावरफुल महाशाखा नहुँदा धेरै समस्या भोग्नुपरेको बताइन । ‘ मन्त्रालयमा २० हजार पुग नपुग डाक्टरका लागि बर्षौ पहिले देखि चिकित्सा महाशाखा छ तर ७४ हजार नर्सका लागि छैन,’  उनले भनिन् ।

प्राध्यापक पोखरेलले आफूहरुको आन्दोलन संघीय संरचनामा केन्द्रीय तहमा रहने स्वास्थ्य मन्त्रालयमा नर्सिङ तथा मिडवाइफ्रि सेवा व्यवस्थापन महाशाखा हुनुपर्ने, सात वटै प्रदेशमा रहने मन्त्रालयमा पनि सोही अनुसार छुट्टै महाशाखा हुनुपर्ने । यस्तै उनले महानगरपालिका, नगरपालिका र गाउपालिकामा क्रमश ४, ३ र २ नर्सहरु रहने इकाई स्थापना गर्नुपर्ने बताइन ।

अहिलेपनि सरकारी तथा निजी धेरै संस्थाहरुमा नर्सहरुलाई भोलेन्टियरमा राखिएको भन्दै उनले त्यसलाई रोक्नका लागि पनि महाशाखाको आवश्यक रहेको बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *