चितवनमा विभिन्न रोगबाट पाँचको मृत्यु

72
Shares

चितवन, ५ मंसिर । स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण कात्तिक महिनामा मात्रै जिल्लामा पाँच जनाको मृत्यु भएको छ ।

यो सहित चालु आवको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका नौ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये दुई जना चितवनका छन् भने अरु सबै बाहिरी जिल्लाका रहेका छन् ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाका अनुसार मृत्यु हुनेमा एक बालक, चार बालिका र चार महिला रहेका छन् । कात्तिकमा मात्र ती रोगका कारण पाँच जनाको मृत्यु भएको छ । असोजमा एक जना, भदौमा दुई जना र साउनमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये तीन जनाको स्क्रब टाइफस, दुई जनाको चिकनगुनिया, तीन जनाको स्क्रब टाइफस र चिकनगुनिया दुवै रोगको संक्रमण र एक जनाको स्क्रब टाइफस र डेंगु दुवै रोगको संक्रमण रहेको झाले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कप्ट नियन्त्रक राम केसीका अनुसार साउनयता रगत परीक्षण गरिएका एक हजार ४८५ मध्ये ३५५ जनामा स्क्रब टाइफस देखिएको छ ।

यसै अवधिमा ५१ जनालाई डेंगु रोग संक्रमण भेटिएको छ । केसीका अनुसार उपचारका लागि आएका बिरामीमध्ये ९८० जनाको डेंगु परीक्षण गरिएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *