अन्तराष्ट्रिय प्याथोलोजी दिवस मनाइयो

40
Shares

काठमाडौँ, ३० कात्तिक । अन्तराष्ट्रिय प्याथोलोजी दिवसको अवसर पारी नेपाल क्लिनिकल प्याथोलोजी संघले काठमाण्डौमा र धरानमा बुधबार प्रभातफेरी निकालेको छ ।

काठमाण्डौमा भद्रकालीबाट बिहान ६ः३० बजे शुरु भएको प्रभातफेरी शहिदगेट, रत्नपार्क, रानीपोखरी, दरवारमार्ग, घण्टाघर हुदै भद्रकाली आइपुगेको थियो । धरानमा पनि वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्याथोलोजिष्टहरु लगायत त्यहाका रेक्टर र रजिष्टारको समेत सहभागिता रहेको प्रभातफेरी भानु चोकबाट वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आइपुगेको थियो ।

प्याथोलोजी र प्याथोलोजिष्टहरुको सेवालाई पहिचान दिलाउन र यसको आवश्यकता र महत्वको पैरवी गर्न ‘द रोयल कलेज अफ प्याथोलोजिष्ट’स्को आह्वानका विश्वका विभिन्न भागमा हिजो अन्तर्राष्ट्रिय प्याथोलोजी दिबस प्याथोलोजीको महत्वबारे चेतना फैलाउन विभिन्न कार्यक्रमका साथ मनाइदैछ ।

यस बर्षको नारा “विदआउट प्याथोलोजी देयर इज नो मेडिसिन” अर्थात “प्याथोलोजि बिना चिकित्सा छैन” रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *