अस्पतालको शौचालयबाट फरार थुनुवा पाँच दिनपछि पक्राउ

झापा २२ कात्तिक । पाँच दिनअघि मेची अञ्चल अस्पतालको शौचालयबाट फरार भएका थुनुवालाई प्रहरीले आज पक्राउ गरेको छ ।
बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका भद्रपुर नगरपालिका–५ निवासी २० वर्षीय रोशन माझी गत शुक्रबार साँझ अस्पतालको शौचालयबाट फरार भएका थिए ।
उनलाई आज नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।
पेट दुखेर अस्पातल पु¥याइएका उनी आकस्मिक कक्षभित्र रहेको शौचालयको भेन्टिलेटरबाट भागेका थिए ।
कात्तिक ४ गते छिमेकी छ वर्षीया बालिकालाई ज्यान मार्ने धम्की दिँदै करणी गरेको आरोपमा माझी पक्राउ परेका थिए । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



