तेह्रथुमकाअहेब सुनुवारलार्इ भ्रष्टाचारको आरोपमा मुद्दा


काठमाडौँ, ७ कात्तिक । आङ्दिम स्वास्थ्य चौकी, तेह्रथुमका अहेब रामलाल सुनुवारलार्इ भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाण पत्र बनाइ अहेब भएको आरोप पत्र दायर गरेको हो ।

उनले कक्षा १० नै अध्ययन नगरी पोखरास्थित गण्डकी बोर्डिङ स्कूलको नक्कली छाप र प्याड बनाई आफैंले प्रिन्सिपलको सहिछाप गरि नक्कली प्रमाणपत्र बनाएको बताइएको छ ।

सुनुवार अहेब हुनका लागि एसएलसी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्रहरु पेश गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *