आँखा दानका लागि सामूहिक देउसी

40
Shares

काठमाडौँ, ३ कात्तिक । अपाङ्गता भएका व्यक्तिलाई नेत्र दान तथा आँखा शिविर शिविर सञ्चालनार्थ चन्द्रागिरी नगरपालिका– १२ स्थित ‘चलखेल बजार प्रालि’ ले हिजो सामूहिक देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ ।

आगामी मंसिर १७ गते पर्ने अपाङ्गता दिवसका सन्दर्भमा सोही नगरपालिकाको चुनदेवीमा शिविर सञ्चालन गरिने प्रालिका अध्यक्ष वसन्त खत्रीले बताए । उनले समाजमा सकारात्मक चलखेलका लागि आफूहरुले रचनात्मक गतिविधि गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा समाजसेवी एवं कलाकार लंकप्रसाद चौलागाईँलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सामूहिक देउसीमा कलाकारहरु दीपक आचार्य, सूर्यमणि आचार्य, विष्णु लामा, विष्णु थापा, शरद बुढाथोकी, श्याम विश्वकर्मा, किशोर कुँवर र सीता घिमिरेले प्रस्तुति दिएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *