विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष र दुई सदस्य नियुक्त

272
Shares

काठमाडौँ, २८ असोज । सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त शिक्षाध्यक्ष पदमा प्राडा गुरुप्रसाद खनाललाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको प्रस्तावमा हिजो बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

यसैगरी हिजोकै बैठकले प्रतिष्ठानको रिक्त सञ्चालक परिषदको सदस्यमा प्राडा लोकबिक्रम थापा र अर्का सदस्यमा प्राडा जीपी रौनियारलाई नियुक्त गरेको स्वास्थ्य मन्त्रीका स्वकीय सचिव इन्द्रमणी पोखरेलले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *