छयानब्बे हजार कीटनाशक झुल निःशुल्क वितरण

32
Shares

कञ्चनपुर, २८ असोज । औलोको उच्च जोखिममा रहेका कञ्चनपुरका आठ वटा स्थानीय तहका ३८ वडाका बासिन्दालाई ९६ हजार ७७१ कीटनाशक झुल निःशुल्क वितरण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा ग्रामीण विकास आधार संस्थाले झुल वितरण गरेको हो ।

औलोको संक्रमण बढी देखिएका स्थानीय तहका छनोटमा परेका वडामा निःशुल्क झुल वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक रवीन्द्र यादवले बताए ।

“आठ स्थानीय तहका ३८ वडाका बासिन्दालाई औलोको जोखिमबाट जोगाउनका लागि दुईजनालाई एकका दरले झुल वितरण गरेका छौँ”, उनले भने ।

नेपाल औलो रणनीति सन् २०१४÷२०२५ ले लिएको उद्देश्यअनुरुप सन् २०१६ मा गरिएको सूक्ष्म वडास्तरीयकरणले उच्च तथा मध्यम जोखिममा देखिएका बासिन्दालाई झुल वितरण गरिएको हो ।

यसैगरी शुक्लाफाँटा नगरपालिकाका पाँच वडामा १५ हजार ५३६, लालझाडी गाउँपालिकाका तीन वडामा दुई हजार १४५, बेदकोट नगरपालिकाका तीन वडामा आठ हजार २४९ र बेलौरी नगरपालिकाका आठ वडामा २२ हजार ८९५ कीटनाशक झुल निःशुल्क वितरण गरिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *