सरकार र डा. केसी पक्षबीच बार्ता शुरु

24
Shares

काठमाडौँ, २७ असोज । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसी पक्ष र सरकार पक्षबीच बार्ता शुरु भएको छ । डा. केसीको तेह्रौँ अनसनको नवौँ दिनका दिन आज केहीबेर अघिबाट सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बार्ता शुरु भएको हो ।

बार्तामा डा केसीका तर्फबाड डा अभिशेकराज सिंह तथा सरकारका तर्फबाट शिक्षामन्त्रालयका सहसचिव डिल्लीराज रिमाल लगायतका टोली रहेका छन् । बार्तास्थमा रहेका डा. सिंहले औपचारिक रुपमा बार्ता शुरु भएको जानकारी दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *