दाँतकाे उपचार गर्न राष्ट्रपति वीर अस्पतालमा
काठमाडौं, ३१ भदौ । वीर अस्पतालमा राष्ट्रपति विद्यादेवी भण्डारीको दाँतकाे उपचार भएको छ। द्न्तरोग विशेषज्ञ डा शैली प्रधानको टोलिले उनको उपचार गरेको हो ।
`सामान्य दाँत दुखेर आउनु भएको थियो, हामीले दाँत तथा गिँजा सफा गरेका छाैँ सम्भवत ठिक हुनेछ ´ डा प्रधानले भनिन् ।
बिहान सवा ९ बजे वीर पुगेकी राष्ट्रपतिले करिब एक घन्टा त्यहाँ बिताएकी थिइन् । राष्ट्रपति यस अघि दाँत कै उपचारका लागि दुई पटक वीर पुगिसकेकी छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



