जापानी डाक्टरले दिए आँखा उपचारमा प्रयोग हुने मेशिन

पाल्पा, १४ भदौ । कालीगण्डकी आँखा उपचार केन्द्र, रामपुरलाई आँखा जाँच गर्ने आधुनिक हाते मेशिन (पोर्टेबल स्लिट ल्याम्प)सहयोग प्राप्त भएको छ ।

जापानी नागरिक डा इबाटा रिकाबाटाको सहयोगमा करिब रु तीन लाख बराबरको आँखा जाँचगर्ने हाते आधुनिक मेशिन सहयोग प्राप्त भएको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले जानकारी दिए ।

सो मेशिन मंगलबार जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) ले उपचार केन्द्रका अध्यक्ष पोखरेललाई हस्तान्तरण गरे । यस मेशिनलाई सही सदुपयोग गरेर यस क्षेत्रका जनतालाई सहज सेवा प्रवाह गर्न ओकेबाजेले आग्रह गरे।

यस आँखा अस्पतालमा आँखा जाँच गर्ने आधुनिक हाते मेशिन नहुँदा विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्न समस्या आइपरेको अस्पतालका इन्चार्ज सुन्दर राना बताउछन। अब यो मेशिन स्थलगत आँखा शिविर सञ्चालन हुँदा प्रयोग गर्न पाइने भएपछि उपचारमा थप सेवा दिन सहज हुने उनले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *