आक्रमण र आरोपविरुद्ध अस्पताल फार्मेसी सञ्चालकहरु एकजुट हुँदै

काठमाडौँ, ४ भदौ । अस्पतालको फार्मेसीमा राखिने औषधिको गुणस्तर र मूल्यमा एकरुपता कायम गर्न फार्मेसी सञ्चालकहरु एक जुट हुने भएका छन् । शनिबार राजधानीमा बसेको अस्पताल फार्मेसी सञ्चालकहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

पछिल्लो समयमा कतिपय अस्पतालहरुमा औषधिको गुणस्तर र मूल्यको विषयलाई लिएर फर्मेसीमा आक्रमणको प्रयास भएको भन्दै त्यसबिरुद्ध एक जुट हुने निर्णय भएको चावहिलस्थित हेल्पिङ हेन्डस् अस्पताल फार्मेसी सञ्चालक प्रदीप लम्सालले बताए ।

उनले भने, ‘हामी माथि कहिले फरक औषधि दिइयो , कहिले म्याद गुज्रेको औषधि दिययो, कहिले अवैध औषधि बेचियो त कहिले २२०० प्रतिशत नाफा लिइयो भन्ने लगायतका आरोपहरु आउन थाले, किन यस्तो भइरहेको छ ? त्यस विषयमा समिक्षा गर्न, कमजोरी भए सुधार्न र परि आएको खण्डमा एक बद्धहरु फार्मेसी माथिको आक्रमण विरुद्ध उत्रनका लागि नै हो ।’

शनिबारको भेलामा राजधानीका करिव तीन दर्जन अस्पतालका फार्मेसी सञ्चालकहरु भेला भएका थिए । उनीहरुले आफ्नो फार्मेसीका सामानहरुको मूल्यमा एकरुपता गर्ने समेत निर्णय भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *