प्रसूति गृहमा सिटी स्क्यान सेवा सुरु हुने

0
Shares


काठमाडौँ, १८ असार । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अब सिटी स्क्यान सेवा सुरु हुने भएको छ ।

अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङले स्वास्थ्य मन्त्रालयबाट प्राप्त भएको करिब रु दुई करोड ७० लाखको लागतमा उक्त सिटी स्क्यान मेसिन खरिद गरिएको बताउँदै सो मेसिन जडान कार्य अन्तिम चरणमा पुगेको हुँदा आगामी साउनबाट सो सेवा गर्ने लक्ष्य अस्पतालले लिएको छ भने।

उनले भने, “मेसिन नहुँदा अस्पताल आएका बिरामीलाई सो सेवा लिन धेरै टाढा जानुपर्ने तथा गरिब, असाह्य र विपन्नलाई अन्यन्त्र महँगो पर्ने हुँदा अस्पतालमा सुरु हुने यो सेवाबाट आर्थिक अभाव भएका बिरामी लाभान्वित हुन्छ ।”

प्रसूतिमा प्रत्येक दिन बहिरङमा कम्तीमा ६०० बिरामीले सेवा लिने गरेका छन् भने करिब ७० बिरामी भर्ना भई उपचार गराउने अवस्थाका हुन्छन् । अस्पतालमा प्रत्येक दिन ६० बढी शिशुको जन्म हुने गरेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *