उपचार नपाएपछि सडकमै मृत्यु

0
Shares

उदयपुर, १२ असार । केही दिनयतादेखि बिरामी हुँदै आएका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित बिपी चोक बस्ने ४४ वर्षीय हरि राई आज बिहान गाईघाटस्थित मुख्य चोकको जिके पुस्तक पसल अगाडिको सडकमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार राईको घरको आर्थिक स्थिति कमजोर रहेको र अन्य आफन्तले समेत रेखदेख नगरेपछि उनी बिरामी भए पनि सडकतिर नै डुल्ने र रात बिताउने गर्दै आएका थिए ।

गएराति गाईघाटको मुख्य चोकको जिके पुस्तक पसल अगाडि सडक किनारमा नै रात बिताएका राई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए ।

आफन्त भएर पनि आफन्तले हेरचाह नगर्नु, कमलपित्तबाट प्रभावित भए पनि उपचार नपाउनु र सामान्य मानसिक रोगीसमेत रहेको कारण पनि राईको उपचारको अभावमा नै मृत्यु हुन पुगेको प्रहरीले बताएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *