विश्वविद्यालयको प्रक्रिया विपरीत भर्ना भएका विद्यार्थीलाई काउन्सिलले मान्यता नदिने

0
Shares

काठमाडौँ, ८ असार । नेपाल मेडिकल काउन्सिलले विश्व विद्यालयको प्रक्रिया मिचेर गरिएको भर्नालाई मान्यता नदिने भएको छ । विहीबार सूचना प्रकाशित गर्दै काउन्सिलले नियम प्रक्रिया मिचेर पैसाका आडमा भर्ना गरिएको भए त्यस्ता विद्यार्थीको जिम्मेबारी स्वयं कलेजले लिनुपर्ने उल्लेख गरेको छ ।

चालु शैक्षिक सत्र २०७३ /२०७४का लागि नेपाल मेडिकल काउन्सिलले तथा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त मेडिकल डेन्टल कलेजहरुले स्नातकोत्तर तह( एमडीएमएस एमडीएस कार्यक्रमका नियम विपरीत भर्ना लिइएको गुनासो आएपछि काउन्सिलको यस्तो सूचना आएको हो ।

काउन्सिलले सूचनामा तोकिएको शुल्क र योग्यता क्रमका आधारमा मात्रै भर्ना लिन समेत आग्रह गरेको छ । यसअघि मंगलबार त्रिवि कार्यकारी परिषदको बैठकले सम्वन्धन प्राप्त कलेजलाई चालु शैक्षिक सत्रका लागि शुल्क तोक्ने निर्णय गरेको थियो ।

सो अनुसार तीन बर्षे एमडीएमएस एमडीएसमका लागि ३० लाख ९९ हजार ३९६ रुपैयाँ, एमडीएमएसमा १२ लाख ३ हजार ७७६ रुपैयाँ, एमपीएच तथा एमएनका लागि १० लाख ९१ हजार १२९ रुपैयाँ र एमएस्सी क्लिनिकल माइक्रोबायोलोजी तथा बायोकेमेस्ट्रीमा १२ लाख ५३ हजार ४३७ रुपैयाँ शुल्क तोकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *