स्वास्थ्य मन्त्री गगन थापाले यसरी सुनाए साढे नौं महिनाका उपलव्धी

काठमाडौँ, २१ जेठ । स्वास्थ्य मन्त्री गगन थापाले साढे नौं महिने कार्यकालको उपलव्धी सार्वजनिक गरेका छन् । व्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्री छान्ने दिन तोकेको बेला आइतबार पत्रकार सम्मेलन गरी थापाले उपलव्धी सार्वजनिक गरेका हुन् ।

सो क्रममा उनले अघिल्ला मन्त्रीहरुका पालामा भएका काम, आफू आएपछि भएका नयाँ काम र गर्न खोजिएका नयाँ कामको बारेमा जानकारी दिएका थिए । राज्यमन्त्री तारामान गुरुङ र सचिव डा सेनेन्द्रराज उप्रेतीलाई दायाँ बायाँ राखेर आफ्ना उपलव्धी सार्वजनिक गरेका मन्त्री थापाले स्वास्थ्य मन्त्रालयमा पुन आउन चाहेको बताएका थिए ।

स्वास्थ्य मन्त्री थापाले दावी गरेका मुख्य उपलव्धीहरु :
मन्त्री थापाले आफ्नो कार्यकालमा देशभरका प्राथमिक स्वस्थ्य केन्द्रमा कम्तीमा दुई जना चिकित्सक रहने व्यवस्था कार्यान्वनयमा आएको बताए । त्यस्तै ७० प्रकारका औषधिहरु निशुल्क वितरण गर्नका लागि औषधि खरीदका आफू आएपछि मात्रै अघि बढेको बताए । औषधि निशुल्क त भनियो तर दुई बर्ष देखि खरीद नै भएको थिएन म आएपछी सो प्रक्रिया अघि बढ्यो, मन्त्री थापाले भने ।

मन्त्री थापाले आफ्नो कार्यकालको मुख्य उपलव्धीमा सात बर्षे एकीकृत स्वास्थ्य पूर्वाधार विकास योजना (भवन उपकरण जनशक्ति सबैका लागि योजना) तयार भएको भन्दै यसले आगामी सात वर्ष भित्रमा स्वास्थ्यको संरचनामा पूर्ण परिवर्तन हुने बताए । यो योजना अनुसार ३५ देखी ४० अर्वको उपकरण मात्रै खरीद हुने तथा ३ हजार तीन सय विशेषज्ञ चिकित्सक चाहिने प्रक्षेपण भएको बताए ।

उनले निजी मेडिकल कलेज शिक्षण अस्पताल, अञ्चल तथा क्षेत्रीय अस्पतालहरुमा पोष्ट ग्राजुएट तहको अध्ययन सुरु गराउने र योजना अनुसारको विशेषज्ञ चिकित्सक तयार गर्ने बताए । नौ महिने कार्यकालयमा उनले दर्जनौँ नीति तथा नियमावली तयार पारेको समेत आफ्ना उपलव्धीका सूचीमा समावेश गरेका छन् ।

उनले मिर्गौला प्रत्यारोपण सम्पूर्ण रुपमा निशुल्क गरिएको । महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण देशैभरी निशुल्क गर्ने गरी प्रक्रिया शुरु गरिएको । बाथ मुटुरोग उपचार र सल्यक्रिया सम्पूर्ण रुपले निशुल्क गरिएको । डायालासिस सेवा सम्पुर्ण रुपमा निशुलक भएको समेत उल्लेख गरे ।

स्वस्थ जीवनशैलीलाई नागरिकको व्यक्तिगत र पारिवारिक जिम्मेबारीको रुपमा प्रवद्र्धन गर्न मेरो बर्ष म स्वस्थ मेरो देश स्वस्थ अभियान शुरु गरिएको, मदिरा नियन्त्रण नीति तयार गरि पारित भएको, मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाइएको, चिनीजन्य पेय पदार्थमा कर लगाउन स्वास्थ्य मन्त्रालयको सुझावमा अध्ययन सुरु भएको बताए ।

त्यस्तै स्मार्ट हेल्थ कार्यक्रम समेत आफूले सुरु गरेको । त्यसअन्तरगर्त इ एटेन्डेन्स, चिकित्सकको सूची, दर्ता अनुमति लिएका निजी स्वास्थ्य संस्थाको विवरण राख्ने काम भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *