लण्डनमा भएको आक्रमणपछि ४८ व्यक्ति अस्पताल भर्ना

0
Shares

लण्डन, २१ जेठ । मध्य लण्डनमा शनिबार राती भएको दुई वटा आतङ्ककारी आक्रमणमा परी घाइते भएका ४८ लाई उपचारार्थ अस्पताल भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

शनिबार भएको दुई वटा आक्रमणमा परी छ जनाले भने ज्यान गुमाएका थिए । यस आक्रमणबाट घाइते भएका ४८ व्यक्तिलाई लण्डनका पाँच वटा अस्पतालका भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाले जानकारी दिएको हो ।

शनिबार राती भएको यस आक्रमणबाट सामान्य घाइते भएका केही व्यक्तिलाई भने उपचारपछि घर फर्काइएको छ ।

लण्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा सदिग्ध आतङ्ककारीले जथाभाबी रुपमा छुरा प्रहार गरेको यस दुई वटा घटनामा परी मारिनेको सङ्ख्या छ पुगेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

यस घटनामा संलग्न भएका ३ जना संदिग्ध हमलाकारीहरु प्रहरी हानेको गोलीबाट मारिएका छन् । यसअघि नै बेलायती प्रधानमन्त्री थेरेसा मेले यस घटनालाई सम्भावित आङ्कककारी घटना भनेका थिए ।

गत २२ मे साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल(एरिना) परिसरमा भएको भयानक विस्फोटमा परी २२ को मृत्यु हुनुको सार्थै दर्जनौ। व्यक्ति घाइते भएका घटनाको दुई हप्ता वित्न नपाउँदै पुनः यो आक्रमण भएको छ । रासस /एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *