अस्पतालको क्वाटरबाट खसेर चिकित्सकको छोराको मृत्यु
दाङ, २० जेठ । अस्पताल क्वाटर भवनको छतबाट खसेर दाङमा एक चिकित्सकको छोराको ज्यान गएको छ । राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत डा जीत नारायण यादवका आठ बर्षीय छोरा आदित्य यादवको ज्यान गएको हो ।
क्वाटर भवनको छतमा खेल्ने क्रममा हिजो बेलुका खसेको आदित्य खसेर गम्भीर घाइते भएका थिए । तत्काल उपचारका लागि अस्पताल पुरयाइए पनि बचाउन नसकिएको मेडिकल सुपरीटेन्डेन्ट डा जनार्दन पन्थीले बताए ।
गम्भीर घाइते बालकलाई अस्पताल ल्याइएको थियो तर उपचारका क्रममा मृत्यु भयो उनले भने । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



