स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

काठमाडौँ, १९ जेठ । स्वास्थ्य मन्त्रालयले नेपालको भूगोल सुहाउँदो स्वास्थ्य उपकरण निर्माण गर्न लागेको महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यका लागि सम्झौता गरेको छ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र केन्द्रबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतानुसार मन्त्रालयले केन्द्रले आविष्कार गर्ने हरेक प्रविधिलाई आर्थिकलगायत प्रविधि र उपकरणको कार्यान्वयनका लागि सहयोग गर्नेछ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै परिषद्का कार्यकारी अध्यक्ष डा अञ्जनीकुमार झाले स्वास्थ्यमा विज्ञानको क्षेत्रमा आविस्कार केन्द्रले बनाउने उपकरण महत्वपूर्ण हुने बताए । उनले नेपालीलाई कस्तो खालको प्रविधि र उपकरण आवश्यकताबारे नेपाली नै बुझेकाले त्यसले स्वास्थ्य सेवामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यबिना कुनै प्रविधि र उपकरणलाई कार्यान्वयनमा लैजान नसकिने भएकाले आपसी सहकार्यमा नयाँ उपकरण आविष्कार र सेवालाई चुस्त बनाउन सकिने बताए ।उनले भने, हामीले तीनवटा विषयमा चार टिम बनाएर काम गरिरहेका छौँ ।

नेपाली इन्जिनियरहरुले औषधि बोक्ने ड्रोन, बच्चालाई इन्कोभेटर र प्यारालाइसिस भएको व्यक्तिका लागि सोचेर आफ्नो सहयोगीलाई आफ्ना आवश्यकता बताउन सक्ने एप्स बनाउन थालेका छन् ।

पुनले उपकरण र प्रविधि कसरी प्रयोग गर्ने, गाउँगाउँमा सेवा कसरी पु¥याउने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले काम गर्नसक्ने भएकाले सहकार्य आवश्यक रहेको बताए । उनले आज सम्झौता भएका प्रविधि र उपकरण आउन करिब एक वर्ष लाग्ने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *