एक साताको अल्टिमेटम दिदैँ डा केसीद्धारा ११ औँ अनसनको घोषणा

-सुधिर ढुंगेल

काठमाडौँ, ३ जेठ । त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले आगामी ९ जेठसम्म आफ्ना माग पुरा नभए १० जेठ देखि एघारौँ अनसन बस्ने घोषणा गरेका छन् ।

विगतमा भएका सम्झौताको कार्यान्वयन र प्रधानन्यायधीश सुशीला कार्की विरुद्ध लगाईएको महाअभियोग फिर्ता लिनुपर्ने दुई वटा माग अघि सार्दै उनले एघारौँ अनसन बस्ने चेतावनी दिएका हुन् ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले सरकारका माफियाद्धारा सञ्चालित भएको बताउँदै पुर्न सत्याग्रहको बाटो रोज्न विवस भएको बताए ।

उनले विगतमा आफूसंग भएका सम्झौताहरु कार्यान्वयनको साटो उल्लंघन हुन थालेको भन्दै त्यसको खवरदारी र दवाव दिन अनसनको बाटो रोजेको बताए ।

‘आफूहरुले दिएका सबै सुझावहरु समेटेर एकीकृत चिकित्सा शिक्षा विधेयक तुरुन्त पारित गर्ने र गत दशौँ सत्याग्रहमा गरिएका अरु सबै सम्झौताहरु कार्यान्वनय गर्नुपर्ने र प्रधान न्यायधीश सुशीलाकार्की माथि लगाइएको महाअभियोग तुरुन्त फिर्ता गर्नुपर्ने हाम्रा दुईवटा माग छन् ।आगामी ९ जेठसम्म पुरा नभए १० गतेबाट सत्याग्रह सुरु हुन्छ,’ डा. केसीले भने ।

विगतमा त्रिविका पदाधिकारीहरु माथि खनिने गरेका डा केसी यसपटक राजनीतिक दलका नेताप्रति आक्रोश पोखेका छन् ।

चिकित्सा शिक्षा ऐन पारित गर्न ढिलाई गरेको, लोकमानविरुद्ध महाअभियोग लगाउन आनाकानी गरेको तर सुशीला विरुद्ध एकैपटक एकजुट भएको भन्दै उनले राजनीतिक दलका नेताहरु माफियासंग मिलेर लुटतन्त्र मच्चाएको आरोप लगाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *