निदानमा आरएफ मेसिनबाट ‘ट्राईजेमिनल न्युरालजीया’ रोगको उपचार

काठमाडौँ, २७ बैशाख । बोल्दा, हाँस्दा होस वा केही मिठो खाना खाएकै बेला कहिलेकाँही एक्कासी गाला तथा बंगारामा असैह पिडा हुने गर्दथ्यो ७९ बर्षीया टिकाकुमारी( नाम परिवर्तन) लाई ।

तर सोमबारबाट भने उनी औधि खुशी छन् । किनकी बर्षौ देखिको पिडा खिल फालेको घाउ जस्तै ओभाउदै गईसकेको छ ।

ललितपुरको   पुल्चोकस्थित निदान अस्पताललले भर्खरै ल्याएको नयाँ प्रविधि रेडियो फ्रिक्वेन्सी अब्लासन मेसिन (आरएफ)को प्रयोग गरी ‘ट्राईजेमिनल न्युरालजीया’ भन्ने नशा सम्वन्धी रोगको सहज गरिदिएपछि उनी खुशी भएकी हुन् ।

अस्पतालका पेन कन्सलट्यान्ट डा. निनादिनी श्रेष्ठले उनको उपचार गरेकी थिइन । ‘खासगरी यो पेन म्यानेजमेन्ट अर्थात दुखाई व्यवस्थापन समेत गर्ने उपचार पद्धती हो । मस्तिस्कबाट टाउँकोका विभिन्न भागमा आउने १२ वटा नसामध्ये पाँचौ नसा (ट्राईजेमिनल नर्भ) जो गाला, निधार तथा बंगरामा पुग्छ । त्यो नसामा समस्या भएको थियो । हामीले त्यहि उपचार गरेका हौँ,’ डा. श्रेष्ठले भनिन् । उनका अनुसार  उपचार नगर्दा सम्म विरामी महिलालाई छिन छिनमा करेन्ट हाने जस्तो असैह पिडा हुने गर्दथ्यो ।

डा. श्रेष्ठले इन्जेक्सन मार्फत समस्या भएको ठाँउमा औषधि पठाई बाहिरबाट रेडियो प्रिक्वीन्सी अव्लासन मेसिनबाट करेन्ट तथा तापक्रम पठाएर समस्या भएको ठाँउको नसा सुकाई दिएको बताइन ।

‘हुन त उहाँले न्युरोसम्वन्धी चिकित्सकसंग पनि उपचार गराई राख्नु भएकै  थियो । तर दुखाई घटेन । उच्चरक्तचाप, मधुमेह जस्ता रोग तथा बृद्ध उमेरका कारण उहाँको  अप्रेशन गर्न पनि अप्ठेरो भयो । पछिल्लो समय एउटा औषधिको सट्टा पाँचवटा सम्म औषधि खानु भएको थियो तर पनि विशेक भएको थिएन । हाम्रो यो नयाँ प्रविधिले त्यो समस्याको सहज समाधान गरिदियो,’  डा श्रेष्ठले बताइन ।

‘यस्तो अवस्थाका बिरामीलाई यसअघि न्युरो सर्जनले हेर्ने र अप्रेसन गर्ने चलन थियो । तर अव रेडियो फ्रिक्वेन्सीबाट सहज ढंगले उपचार हुने भयो । यस्तो मेसिनले उपचार गर्ने सम्भवत निदान नेपालकै पहिलो अस्पताल हो,’  उनले भनिन् ।

उनले धेरै किसिमका दीर्घरोगीहरु, उच्चरक्तचाप, सुगर जस्ता समस्या भएकाहरुलाई रेडियो फ्रिक्वेन्सी मार्फत गरिने उपचार निकै प्रभावकारी हुने दावी गरिन । उनका अनुसार यो रोग प्राय पाको उमेर अर्थात ६० बर्ष नाघेका व्यक्तिहरुमा देखिने गर्दछ ।

त्यसो त स्थापनाको केही बर्षमै निदान अस्पतालले नयाँ नयाँ प्रविधि र दक्ष जनशक्तिबाट निदान तथा उपचार गर्ने संस्थाको रुपमा आफूलाई उभ्याई सकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *