पीजी तहमा आरक्षण असान्दर्भिक भन्दै डीन कार्यालयमा तालाबन्दी

काठमाडौँ, १९ बैशाख । चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएड(पीजी) तहमा लागू भएको आरक्षणको विरोध गर्दै महाराजगञ्ज क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आरक्षणको विरोध गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा तालाबन्दी समेत गरिदिएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन महाराजगञ्ज क्याम्पसको अगुवाईमा आएका विद्यार्थीहरुको समूहले केही बेर अघि डीन कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले तालाबन्दी गर्नु अघि विद्यार्थीहरुले डीन प्राडा जगदीश अग्रवाललाई कार्यकक्षबाट बाहिर निकालेका थिए ।
सर्वोच्चको फैसलालाई नजिर देखाउँदै त्रिविले २० प्रतिशत कोटा आरक्षणका लागि छुट्याएको छ ।

महाराजगञ्ज क्याम्पसका स्ववियू सभापति मिलन गैरेले विशेषज्ञ चिकित्सक बन्नका लागि योग्यता र क्षमता चाहिने भन्दै महिला, गरीव, जनजाती भन्दै आरक्षण छुट्याउन नहुने बताए ।

उनले पीजी पढन आउने जो सुकैले एमबीबीएस पास गरिसकेपछि काममा सहभागी हुनै पर्ने भएकोले पैसा कमाई सकेको हुने र उ गरीव नहुने तर्क गरे । स्वास्थ्य अरु जस्तो उपचार नभएको भन्दै यसमा वर्ण, लिंग जात धर्म हेर्न नहुने बताए । ‘यसमा त चाहिने सबैभन्दा योग्य र क्षमतावान व्यक्ति चाहे त्यो जुनसुकै बर्ग जाती धर्म बर्ण आदिको किन नहोस,’   गैरेले बताए ।

यसअघि आवासीय चिकित्सकहरुले समेत पीजीमा आरक्षणको विरोध गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *