नि:शुल्क स्वास्थ्य शिविरमा तीन सय बालबालिकाको परीक्षण

जनकपुर, १९ बैशाख । मोहत्तरीको लोहरपट्टी स्थित श्री रेखा महारानी कन्काई इङलिस बोर्डिङ स्कुलमा राखिएको निशुल्क स्वास्थ्य शिविरमा तीन सय बढी बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

बालबालिका उपचार केन्द्र प्रालि जनकपुर र श्री रेखा महारानी कन्काई इङलिस बोर्डिङ स्कुलको संयुक्त आयोजनामा सम्पन्न उत्त शिविरमा आवश्यक देखिएकाहरुलाई औषधि समेत निशुल्क वितरण गरिएको छ ।

शिविरका लागि संयोजन गरेका जनकपुरस्थित बालबालिका उपचार केन्द्रका अध्यक्ष एवं बालरोग विशेषज्ञ डा लवकुमार साहले बालबालिकाहरुमा निमोनिया, लुतो, घाउ खटिरा तथा झाडा पखला तथा पोषण तथा सरसफाईको समस्या देखिएको बताए । उनले बालबालिका तथा तिनका अभिभावकलाई स्वास्थ्य शिक्षाबारेमा जानकारी गराएको बताए ।

शिविरमा श्री रेखा स्कुलका बालबालिका सहित स्थानीय अन्य बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य उपचारमा डा साहसंगै डा दिलीप यादव, डा प्रदीप मण्डल, बीरेन्द्र इस्टीच्युटका छात्र मंदिप यादव, अमितकुमार यादव, राजु मण्डल र अर्जुन मिश्र खटिएका थिए । उनीहरुलाई स्कुलका शिक्षकहरुले सहयोग गरेका थिए ।

शिविरका लागि औषधिको सहयोग भने संजीतकुमार साह र रन्जित कुमार साहले गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

3 thoughts on “नि:शुल्क स्वास्थ्य शिविरमा तीन सय बालबालिकाको परीक्षण

  1. haat advertisement lai ni-sulk swastha sivir vanera kaha hunxa Chinese dr le aafno aamdani badhauna sabailai janakpur clinic ma follow up ma bolaera sulk li nai halxa

  2. haat advertisement lai ni-sulk swastha sivir vanera kaha hunxa Chinese dr le aafno aamdani badhauna sabailai janakpur clinic ma follow up ma bolaera sulk li nai halxa ha ha ha

Leave a Reply

Your email address will not be published. Required fields are marked *