इलाममा स्वास्थ्य बिमा गर्ने १० हजार पुगे

इलाम, १६ वैशाख । इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बिमा गरेका छन् । गत असार १५ गतेबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ ।

यस कार्यक्रमअन्तर्गत उनीहरुले जिल्लाका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, झापा र काठमाडौँका अस्पतालबाट सेवा लिएका छन् । सामाजिक स्वास्थ्य विकास समिति जिल्ला कार्यालय इलामका प्रबन्धक हार्दिक सापकोटाकाअनुसार जिल्ला अस्पतालबाट तीन हजार ९८ जना, झापाका अस्पतालबाट पाँच सय ८५ र काठमाडौँका अस्पतालबाट १५ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन् ।

प्रबन्धक सापकोटाकाअनुसार साँखेजुङ, सोयाङ, सोयाक, जोगमाइ, पञ्चकन्या, मङ्गलबारे, इरौटार, दानाबारी, साकफाराजस्ता साविकका गाविसमा दर्ता सहयोगी नभएर बिमा कार्यक्रम सुचारू भएको छैन । बिमा दर्ता सहयोगी नभएर काम नभएको ठाउँमा स्थानीय तहको निर्वाचनपछि तत्कालै सुरू गर्ने सापकोटाले जानकारी दिए ।

जिल्लामा हाल ५२ जना दर्ता सहयोगी रहेका छन् । सबैभन्दा बढी बिमा गर्ने सूर्योदय नगरपालिकामा आठ सय ८१ जना, इलाम नगरपालिकामा आठ सय ३५ जना, देउमाई नगरपालिकामा दुई सय ३१ जना रहेका छन् ।

बिमा कार्यक्रम सुरू हुँदा भन्दा अहिले सेवा सुविधासमेत थप गरेको प्रबन्धक सापकोटाले जानकारी दिए । एक वर्षअघि बिमा कार्यक्रम सुरू हुँदा एक सय ६८ प्रकारका औषधि सेवामा समेटिएको थियो तर अहिले बढाएर ५३० प्रकारका औषधि सेवामा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *