आन्दोलनमा उत्रिए कान्तिका डाक्टर : आक्रमणकारी पक्राउ नपरे भोलीबाट सेवा रोक्ने

काठमाडौँ, ७ बैशाख । उपचारमा खटिएका चिकित्सक माथी आकस्मिक कक्षमै मुक्का प्रहार भएपछि कान्ति अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले आज बेलुका सम्म आक्रमणकारीलाई प्रकाउ नगरिए भोलिबाट आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने बताएका छन् ।

हिजो दिउसो आकस्मिक कक्षमा विरामीको उपचारमा खटिएका चिकित्सक डा मुकुन्दकुमार देवमाथि एक विरामीका आफन्तले मुक्का प्रहार गरि भागेका थिए ।

अस्पतालका चिकित्सक डा विष्णुरथ गिरीले चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई चौविसघण्टा सम्म पक्राउ गर्न नसक्नुले आशंका जन्माएको भन्दै बेलुकासम्म पक्राउ नपरे भोलिबाट आकस्मिक बाहेकका सेवा ठप्प हुने बताए । चिकित्सकको सुरक्षाको कुरा छ । डिउटीमा खटिएको डाक्टर माथि नै आक्रमण हुन्छ भने कुन मनोवलले काममा लाग्ने ? राज्यले सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । आक्रमणकारीलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्धा चलाउनुपर्छ । हाम्रो माग यहि हो ।

अस्पतालका निर्देशक डा. अजित रायमाझीले आवासीय चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गरेको बताए । उनले आवासीय चिकित्सकहरु आन्दोलित भएको अवस्थामा सेवा सहज हुन नसक्ने संकेत गरे । ‘हाम्रो भनाई यत्ति हो कि प्रहरीले छिटो भन्दा छिटो आक्रमणकारीलाई पक्राउ गरि आवश्यक छानवीन गरोस । बाताबरण सहज तुल्याओस् ।’

अर्का डाक्टर कृष्णप्रसाद पौडेलले स्थितिलाई सहज बनाउन आक्रमणकारीको खोजी जरुरी रहेको बताए । ‘एउटा सहकर्मीमाथि अनाहकमा आक्रमण हुन्छ भने मानसिक रुपमा त्यसको असर सबैमाथि पर्छ । त्यसैले यो गम्भीर विषयमा सम्वन्धीत निकायले ध्यान दिनु जरुरी छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *