चोटको अवस्था र उपचार विधि अब ‘व्यान्डेज’ले नै बताउने

180
Shares

बीबीसी । बैज्ञानिकहरुले भित्री घाउको अवस्था बताउने पट्टी वा व्यान्डेजको आविस्कार गर्न थालेका छन् । आगामी एक बर्ष भित्र यसको परीक्षण हुने उनीहरुको दावी छ ।

व्रिटेनस्थित स्वान्सी युनिर्भसिटीका लाइफ साइन्स संस्थानका बैज्ञानिकहरुको अगुवाईमा बनाइन लागेको अत्याधुनिक व्याण्डेजमा फाईव जी प्रविधि जडान गर्ने बताइएको छ । सो नयाँ आविस्कारले भित्री चोट अथवा घाउको अवस्था, कस्तो प्रकारको उपचार गर्नुपर्ने? उपचार सहि रुपमा गएको छ कि छैन मात्रै होइन कि भित्रको घाउ कति निको भयो भन्ने सम्मको जानकारी डाक्टरलाई उपलव्ध गराउँछ ।

संस्थानका अध्यक्ष प्राध्यापक मार्क क्लिमेट भन्छन्, ‘फाइव जीे प्रविधि लचिलो तथा मजबुत बैंडविथ तयार गर्ने यो एक मौका हो जसको प्रयोग स्वास्थ्य क्षेत्रमा हुन्छ ।यसमा नानो प्रविधिको प्रयोगबाट जुनसुकै बेला चोट तथा घाउको सहि अवस्था पत्ता लगाउन सकिन्छ ।’

व्यान्डेजले भित्रको चोट वा घाउलाई फाइव जी प्रविधिमा जोडछ र यसले यो प्रविधिले फोनको मद्धतबाट भित्रको अवस्थाको बारेमा चिकित्सकसम्म सबै जानकारी पठाउँछ । व्यान्डेज लगाउने व्यक्ति को हो ? कहाँ कुन अवस्था छ भन्ने जानकारी सहित ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *