ब्लड क्यान्सरले थलिएकी सोनाको उपचारका लागि आर्थिक सहयोग

पाँचथर, १ वैशाख । ब्लड क्यान्सरले विगत छ महिनादेखि थलिएकी पाँचथर याङ्बरक गाउँपालिका–३ साविक ओयाम गाविसकी सोना योङ्यालाई बिहीबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

भरतपुर क्यान्सर अस्पतालमा उपचाररत आर्थिक अवस्था कमजोर रहेकी स्थानीय देउप्रसाद योङ्याकी १६ वर्षीया छोरी सोनाको उपचारका निम्ति समथिङ फाउन्डेसनले रु छ लाख ८८ हजार ११० को चेक फिदिममा एक कार्यक्रम गरी हस्तान्तरण गरको हो ।

फाउन्डेसनका अध्यक्ष मङ्गल बेघाले सोनाका बुबा देउप्रसादलाई उक्त चेक रकम हस्तान्तरण गरेका हुन्। बेलायतमा रहेका नेपालीबाट रु छ लाख ५६ हजार, हङ्कङबाट रु २० हजार १६० र दक्षिण कोरियाबाट रु ११ हजार ५०० रकम सङ्कलन भएको थियो ।

फिदिमस्थित कञ्चनजङ्घा एकेडेमीमा कक्षा ११ मा अध्ययनरत सोनाका परिवारले उपचारमा अहिलेसम्म रु पाँच लाख खर्च गरिसकेको बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *