ओम अस्पतालले अव ‘सन्ध्याकालिन ओपिडी सेवा’ सुरु गर्ने


काठमाडौँ, ३० चैत । चावहिलस्थित ओम अस्पताल एन्ड रिसर्च सेन्टर सन्ध्याकालीन ओपिडी सेवा सुरु गर्ने भएको छ ।  विहान र दिउसोको समयमा व्यस्त व्यक्तिका लागि लक्षित गर्दै सन्ध्याकालिन ओपिडी सुरु गर्न लागेको हो ।

आगामी वैशाख २ गतेदेखि विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिको स्वास्थ्य सेवालाई ध्यानमा राखी यो सेवा सुरु गर्न लागेका छौँ आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष उद्धव पौडेलले भने । सन्ध्याकालीन ओपिडी सेवामा जनरल मेडिसिन, हाडजोर्नी, मुटुरोग, स्त्रीरोग, बालरोगलगायत सेवा प्रदान गर्न लागेको जनाएको छ ।

सन्ध्याकालीन सेवा लिने सेवाग्राहीले अग्रिमरुपमा टिकट लिनुपर्ने छ । सो सेवा बेलुका ५ बजेदेखि ८ बजेसम्म चल्ने अस्पतालले जनाएको छ । यद्धपी टिकट शुल्क अरु सरहनै हुने समेत अस्पतालले स्पष्ट पारेको छ ।

अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले सेवाग्राहीको मागअनुसार सन्ध्याकालीन ओपिडी सेवामा क्रमशः अन्य सेवा पनि विस्तार गरिँदै लैजाने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *