क्यान्सर पीडित नर्स श्रेष्ठलाई आर्थिक सहयोग

काठमाडौँ, ३० चैत । क्यान्सर पीडित परिचारिका (नर्स) सकुनी श्रेष्ठलाई विदेशमा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् ।

आज स्वास्थ्य मन्त्रालयलमा स्वास्थ्यमन्त्री गगनकुमार थापामार्फत बहराइनस्थित बृहत् नेपाली समाजले सङ्कलन गरेको रु ९५ हजार २८ को चेक पीडित श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्यमन्त्री थापाले सरकारले क्यान्सरमा सहयोग गर्दै आएको रु एक लाख रकमलाई बढाएर पाँच लाख पु¥याउनका लागि छलफल भइरहेको बताए ।

क्यान्सरको बिरामी नेपालमा दिनप्रतिदिन बढ्दै गएकाले यसको रोकथाम, उपचार, औषधिको सहज उपलब्ध गराउनुका साथै राजधानी बाहिर पनि क्यान्सरको उपचारका लागि नेपालगन्ज क्यान्सर अस्पताल खोल्न र कोसी अञ्चल अस्पतालमा सेवा सुरु गर्न लागिएको जानकारी दिए ।

समाजका सल्लाहकार सन्तोष शाहले पीडितका बारेमा सञ्चारमाध्यममा समाचार आएपछि बिरामीका लागि बहराइनमा बस्ने नेपाली, सङ्घसंस्थाबाट आर्थिक सङ्कलन गरिएको जानकारी दिए ।

पीडित श्रेष्ठले सरकारले क्यान्सर पीडितका लागि दिने आर्थिक सहयोग बढाउनुपर्ने र सरकारी क्यान्सर अस्पतालका सेवा सुविधा बढाउन आग्रह गरिन् । पेटको क्यान्सर पीडित श्रेष्ठ पाटन अस्पातलका स्थायी नर्स हुन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *