तीन चिकित्सकसहित ६ जनाले जिते स्वास्थ्य वैज्ञानिक अवार्ड


काठमाडौँ, ३० चैत । स्वास्थ्य तथा वैज्ञानिकहरुको तेस्रो शिखर सम्मेलनमा उत्कृष्ठ अनुसन्धान कार्यपत्र प्रस्तुत गर्ने ६जना अनुसन्धानकर्ता पुरस्कृत भएका छन् । त्यसरी पुरस्कृत हुनेहरुमा तीन जना चिकित्सक छन् ।

पुरस्कृतमध्ये तीन जनाले मौखिक अनुसन्धानमुलक कार्यपत्र प्रस्तुत गरेका थिए भने बाँकी तीन जना पोष्टर प्रतिस्पर्धाबाट छानिएका हुन् ।
पुरस्कृत हुनेहरुमा मौखिक तर्फ प्रथम डा प्रज्ञा गड्तौला मेरिस्टोप नेपाल, दोस्रो डा प्रनिलमान सिंह प्रधान र तेस्रो डा गम्भीर श्रेष्ठ रहेका छन् ।

उनीहरु क्रमश त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत हुन् ।
सो सम्मेलनमा पोष्टर प्रतिस्पर्धा पनि राखिएको थियो । जसमा प्रथमस्थान श्रद्धा आचार्यले हात पारिन । दोस्रो रुवी थापा र तेस्रो पुरस्कार सृजन आचार्यको पोल्टामा परयो । पुरस्कृत आचार्यद्धय आईओएमका हुन भने थापा आनन्दबन हस्पिटलमा कार्यरत छिन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा गत सोमबारबाट भएकोे शिखर सम्मेलनमा स्वदेश तथा विदेशका गरी करीव १ हजार बढीको सहभागीता भएको थियो । सो सम्मेलनमा ६८ वटा मौखिक र १२८ वटा पोष्टर प्रस्तुति गरिएका थिए ।

सम्मेलनको नारा ‘दिगो विकास लक्ष्यमा स्वास्थ्य : के हामी सहि मार्गमा छौ ?’ भन्ने थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “तीन चिकित्सकसहित ६ जनाले जिते स्वास्थ्य वैज्ञानिक अवार्ड

  1. Aru 3 jana ko k background ko of designation pani lekhnu bhayena ta patrakar jyu. Bias reporting bhayena ra.

    1. The affiliation of oral presenters is not correct
      Dr. Pragya Gartoulla, PhD (not a medical doctor) works in Marie Stopes International
      Dr. Pranil Man Singh Pradhan works in Institute of Medicine, Department of Community Medicine and Public Health (He does not work in Teaching hospital)
      Shraddha and Shijan are public health graduate and Ms. Ruby is a Biotechnologist

Leave a Reply

Your email address will not be published. Required fields are marked *